सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २३ ढोका खुला

एटुजेड समाचार

लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खुला गरिएका छन्।

ब्यारेज नियन्त्रण कक्षका अनुसार आज साँझ ७:१५ बजे गरिएको पछिल्लो मापनमा नदीमा पानीको बहाव १ लाख ८२ हजार क्युसेक पुगेको छ।

ब्यारेजमा जलसतह खतराको बिन्दुमा पुगेको र पानीको बहाव अझै तीव्र गतिमा बढ्दो क्रममा रहेको प्राविधिकहरूले जनाएका छन्।

बहाव लगातार उकालो लागेपछि पानीको निकास सहज बनाई सम्भावित जोखिम घटाउन ब्यारेजका २३ वटा स्लुइस गेट खोलिएको हो।

नदीमा पानीको सतह खतराको तहमा पुगेसँगै स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पानीको बहाव निरन्तर बढिरहेकाले ब्यारेज तथा तटबन्ध क्षेत्रमा प्राविधिक टोली र सुरक्षाकर्मीले उच्च निगरानी गरिरहेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु