काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ५९ पैसा र बिक्री दर १५३ रुपैयाँ १९ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ ९६ पैसा र बिक्री दर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ १८ पैसा र बिक्री दर २०६ रुपैयाँ ९९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिद दर १८७ रुपैयाँ ३४ पैसा र बिक्री दर १८८ रुपैयाँ ०८ पैसा कायम गरिएको छ।
अन्य डलर मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिद दर १०९ रुपैयाँ ४१ पैसा र बिक्री दर १०९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ११० रुपैयाँ १९ पैसा र बिक्री दर १ि० रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १२० रुपैयाँ ३५ पैसा र बिक्री दर १२० रुपैयाँ ८३ पैसा तथा हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ४६ पैसा र बिक्री दर १९ रुपैयाँ ५३ पैसा तोकिएको छ।
यसैगरी, जापानी येन १० को खरिद दर नौ रुपैयाँ ९० पैसा र बिक्री दर नौ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७५ पैसा र बिक्री दर २२ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ६३ पैसा र बिक्री दर ४० रुपैयाँ ७९ पैसा एवं कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ८६ पैसा र बिक्री दर ४२ रुपैयाँ ०२ पैसा कायम भएको छ।
रोजगारीका लागि धेरै प्रयोग हुने युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ५५ पैसा र बिक्री दर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ४९ पैसा र बिक्री दर ३७ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ११ रुपैयाँ ३७ पैसा र बिक्री दर ११ रुपैयाँ ४१ पैसा तथा थाई भाट एकको खरिद दर चार रुपैयाँ ६२ पैसा र बिक्री दर चार रुपैयाँ ६४ पैसा तोकिएको छ।
खाडी मुलुकका अन्य मुद्राहरूमध्ये कुवेती दिनार एकको खरिद दर ४९७ रुपैयाँ ६० पैसा र बिक्री दर ४९९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिद दर ४०४ रुपैयाँ ७२ पैसा र बिक्री दर ४०६ रुपैयाँ ३१ पैसा तथा ओमानी रियाल एकको खरिद दर ३९६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३९७ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ। युरोपेली क्षेत्रका स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ७५ पैसा र बिक्री दर १५ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ६७ पैसा र बिक्री दर २३ रुपैयाँ ७७ पैसा तोकिएको छ।
नेपालमा सबैभन्दा बढी कारोबार हुने भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर केही फरक हुन सक्ने बताएको छ।


