स्टण्डको आरोपपछि गृहमन्त्रीको कडा जवाफ: “म पुराना नेता जस्तो होइन!”

एटुजेड समाचार

काठमाडौं – “म पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा बसेर कागजात मात्रै समात्ने मान्छे होइन!” उद्धारका लागि फिल्डमा जान खोज्दा ‘स्टण्ड’ गरेको आरोप लागेपछि गृहमन्त्री सुधन गुरुङले यस्तो जवाफ दिएका छन्। गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफू मन्त्रालयमा बसेर मात्रै काम गरिरहेको भन्ने आलोचनाको जवाफ दिएका हुन्।

उनले पुरानो शैलीमा मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने नेतृत्वसँग आफूलाई तुलना नगर्न आग्रह गरेका छन्।गुरुङका अनुसार, विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ।

उनले भनेका छन्— “Online बाट हामी हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ।”वर्षौँदेखि फिल्डको वास्तविक अवस्था नबुझी कुर्सीबाट मात्रै नेतृत्व गर्दाको परिणाम देशले भोग्दै आएको उनको दाबी छ।

पुरानै प्रणाली अपनाएर फरक परिणाम खोज्न दबाब दिइएको भन्दै उनले आश्चर्यसमेत व्यक्त गरेका छन्।गृहमन्त्री गुरुङले टेबल पछाडि बसेरभन्दा डिजिटल माध्यमबाट काम अझ छिटो र प्रभावकारी भइरहेको दाबी गरेका छन्।अन्त्यमा उनले भनेका छन्— “म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुहोस्।”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु