चितवन – निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ, चितवनले बाढीपीडितको राहतका लागि ३ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
संघले उक्त रकमको चेक चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई हस्तान्तरण गरिएको कार्यसमिति सदस्य रोशन आचार्यले जानकारी दिए ।
उनका अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चितवन उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा निर्माण सामग्री व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछाने, निवर्तमान अध्यक्ष नरहरि घिमिरे, पूर्वअध्यक्षहरू शिव ओझा र हरिप्रसाद गैरे, सल्लाहकार गुणराज शर्मा पौडेल, वरिष्ठ उपाध्यक्ष तोयनाथ घिमिरे, द्वितीय उपाध्यक्ष विश्वबन्धु पौडेललगायत संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।


