रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ। सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको उद्धार गरिएको हो । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।
खोजी तथा उद्धारमा खटिएका इन्जिनियरका अनुसार सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले खोजी तीव्र बनाएको थियो।
नेपाली सेनाले बिहान सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार प्रयासलाई थप केन्द्रित गरेको थियो।
उद्धार गरिएका व्यक्तिको अवस्था तथा थप विवरण सार्वजनिक हुन बाँकी छ।
सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार अभियान जारी राखेको छ।


