रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे ।

खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद् लगत्तै उद्धार कर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।

भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चिनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हेने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु