चितवनमा १२ शवको सनाखत

एटुजेड समाचार

रसुवा – रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये हालसम्म जम्मा १२ जनाको सनाखत भएको छ । जसमा ११ पुरुष र १ बालिकाको सनाखत भएको हो ।

सनाखत हुन नसकेका २८० वटा शवको भरतपुर महानगरपालिका वडा नं १ देवघाट जङ्गलमा व्यवस्थापन गरिएको छ । पहिचान नभएका शवको व्यवस्थापन गर्नेक्रम चलिरहेको छ । महिला ९६, पुरुष १०३ र बालक ८१ गरी २८० शवको जङ्गलमा व्यवस्थापन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा ३२१ शव भेटिएका छन् । अधिकांश शवको पहिचान गर्न नसकिने अवस्था छ । महिला ६६, पुरुष ११६, बालक ७, बालिका ६ र अन्य १२६ गरी हालसम्म चितवनमा ३२१ शव भेटिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु