काठमाडौं – चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार (भदौ १५) बिहान ९ बजेसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १७०, तनहुँमा ३८ र चितवनमा ३२१ (विभिन्न मानव अंगसहित) शव फेला परेको छ ।
उक्त बाढीपश्चात् अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् ।


