विपद्को समयमा रगतको अभाव हुन नदिन युनाइटेड टेक क्लब र युनाइटेड टेक्निकल कलेजद्वारा रक्तदान कार्यक्रम

एटुजेड समाचार

चितवन – हालको विपद्जन्य तथा मानवीय परिस्थितिका कारण रगतको आवश्यकता बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै युनाइटेड टेक क्लब र युनाइटेड टेक्निकल कलेज, चितवनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ।

आगामी भदौ १७ गते आयोजना हुने रक्तदान कार्यक्रममा विद्यार्थी, युवा, स्थानीयवासी तथा रक्तदान गर्न इच्छुक र योग्य सबैलाई सहभागी गराउने आयोजकले जनाएको छ।

रगतको अभावका कारण बिरामीको उपचारमा समस्या नहोस् र आवश्यक परेका बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको युनाइटेड टेक क्लबका अध्यक्ष सागर ढकालले जानकारी दिए।

अध्यक्ष ढकालले हालको विपद्जन्य परिस्थितिमा रगतको आवश्यकता बढ्दै गएको भन्दै रक्तदान गर्न इच्छुक तथा योग्य विद्यार्थी, युवा, स्थानीयवासी लगायत सम्पूर्ण महानुभावलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे।

उनले भने, “रक्तदान सामाजिक उत्तरदायित्व मात्रै होइन, संकटको समयमा कसैको जीवन बचाउन सक्ने महत्वपूर्ण मानवीय सेवा पनि हो। त्यसैले योग्य तथा इच्छुक सबैलाई रक्तदान कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान गर्न आग्रह गर्दछौँ।”

कार्यक्रमबाट संकलन हुने रगत आवश्यक परेका बिरामीसम्म पुर्‍याउन सहयोग पुग्ने आयोजकको विश्वास छ। कार्यक्रममा विभिन्न क्षेत्र तथा समुदायबाट उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

त्यस्तै, स्थानीय टोल विकास संस्था, सामाजिक संघ–संस्था तथा सम्पूर्ण समुदायलाई समेत रक्तदान अभियानमा सहकार्य र सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु