नवलपरसी – आज बिहान करिब १२ः४० बजे पूर्व–पश्चिम राजमार्गमा खाना खान रोकिराखेको ना.८ ख ६१४५ नम्बरको ट्रकमा काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०३८६ नम्बरको बस ओभरटेक गर्ने क्रममा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्। घाइतेमध्ये २७ पुरुष र ५ महिला छन्। उनीहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार गरिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको छ। मध्यम अवस्थाका लाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ।


