चितवनमा २६० शव फेला, १०० को व्यवस्थापन, ९ जनाको सनाखत

एटुजेड समाचार

चितवन – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म बगेर आएका शवको खोजी तथा व्यवस्थापन कार्य जारी छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म २६० वटा शव फेला परेका छन् भने तीमध्ये १०० वटा शव देवघाटस्थित जङ्गलमा व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शवहरूको डीएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ।

हालसम्म फेला परेका शवमध्ये ९ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। सनाखत भएकामध्ये ८ जना पुरुष र १ जना बालिका रहेका छन्।

प्रहरीका अनुसार फेला परेका शव तथा अवशेषमध्ये ६० महिला, १०७ पुरुष, ६ बालक, ४ बालिका र ८२ वटा अन्य अवशेष रहेका छन्।

नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा व्यवस्थापन कार्यमा परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु