अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा दिन ‘स्टारलिंक’ तयार

एटुजेड समाचार

काठमाडौं – अमेरिकी स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी ‘स्टारलिंक’ ले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सघाउन नि:शुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ।

शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै स्टारलिंकले नेपाल सरकार र मानवीय सहायतामा खटिएका संस्थाहरूलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएको हो। कम्पनीले नेपाल सरकारबाट अनुमति पाउनेबित्तिकै आवश्यक उपकरण (Kits) हरू उपलब्ध गराउने र नि:शुल्क सेवा सुचारु गर्ने जनाएको छ।

बाढी र पहिरोका कारण सडक, पुल र मोबाइल टावरहरू ध्वस्त भएको अवस्थामा स्टारलिंकको स्याटलाइट इन्टरनेट निकै प्रभावकारी हुने कम्पनीको भनाइ छ। स्टारलिंकले भनेको छ, “जब सडक र सञ्चार नेटवर्कहरू काटिन्छन्, तब स्टारलिंकको सञ्चार सेवा उद्धार टोली, घाइतेहरूको उपचारमा खटिएका मेडिकल टिम र बेपत्ता परिवारका सदस्यहरू खोज्न महत्त्वपूर्ण सावित भएको छ।”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु