जेनजी चितवनद्वारा बाढी प्रभावितका लागि राहत सामग्री संकलन

एटुजेड समाचार

भरतपुर – बाढी प्रभावित परिवारलाई राहत तथा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले जेनजी चितवनको आयोजनामा राहत सामग्री संकलन अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत चामल, दाल, नुन, खाने तेल, चाउचाउ तथा सुख्खा खाना, ब्ल्याङ्केट, रेनकोट, औषधि, सरसफाइ सामग्री तथा पुरुष, महिला र बालबालिकाका लागि लत्ताकपडा संकलन गरिने जनाइएको छ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले भरतपुर–१०, वडा कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म राहत सामग्री उपलब्ध गराउन सक्नेछन्।

जेनजी चितवनले नगद रकम संकलन नगरी आवश्यक जिन्सी सामग्री मात्र सहयोग गर्न सबैमा आग्रह गरेको छ। बाढीबाट प्रभावित परिवारको कठिन परिस्थितिमा नागरिकस्तरबाट प्राप्त सानो सहयोगले पनि ठूलो राहत पुग्ने भन्दै अभियानमा सहभागी हुन अपिल गरिएको छ। “तपाईंको सानो सहयोग, ठूलो आशा” भन्ने सन्देशसहित जेनजी चितवनले सबैलाई हातेमालो गर्दै राहत अभियानमा सहभागी हुन आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु