बाढीले ल्याएको सेफ फोड्दा ९२ लाख भेटियो, सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ

एटुजेड समाचार

काठमाडौं – बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद गरेको छ।दौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले बगाएर ल्याएको एउटा सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो।प्रहरीका अनुसार स्थानीय व्यक्तिहरूले उक्त सेफ तोडफोड गरी त्यसमा रहेको नगद आफूखुसी निकालेर लगेको सूचना भदौ १२ गते प्राप्त भएको थियो।

सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो।प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट कुल ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।तर, प्रहरीले बरामद भएको रकम मात्रै होइन, सेफमा वास्तविक रूपमा कति पैसा थियो र घटनामा अरू को–को संलग्न थिए भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेका २९ जनामाथि थप अनुसन्धान भइरहेको छ।बरामद रकमको स्रोत र घटनाको वास्तविक विवरण अनुसन्धानपछि थप खुल्नेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु