रसुवा–भोटेकोशी बाढीपीडितको सम्झनामा युवा रेडक्रस वीरेन्द्र बहुमुखी क्याम्पस द्वारा क्याम्पसमा दीप प्रज्वलन

एटुजेड समाचार

भरतपुर – रसुवा–भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै वीरेन्द्र बहुमुखी क्याम्पसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

युवा रेडक्रस सर्कल, वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा शुक्रबार साँझ ६ बजे कार्यक्रम गरिएको हो। कार्यक्रममा क्याम्पसका शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो। साथै, विपत्तिबाट प्रभावित नागरिकको तत्काल खोज, उद्धार, उपचार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

विपत्तिको यस दुःखद घडीमा सर्कल का अध्यक्ष बिनय आचार्य ले पीडित तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु