चितवन — बाढी तथा पहिरोपछि त्रिशूली र नारायणी नदीमा बगेर आएका तथा चितवनका विभिन्न स्थानमा फेला परेका १८६ शवमध्ये दुई जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीमा भेटिएका शवमध्ये दुई जनाको पहिचान खुलेको हो। अन्य शवको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
बाढीपछि चितवनका विभिन्न क्षेत्रमा शव तथा मानव शरीरका अंग फेला पर्ने क्रम जारी छ। फेला परेका शवलाई संकलन गरी भरतपुर अस्पतालमा पोस्टमार्टम तथा पहिचानका लागि राखिँदै आएको छ।
प्रहरीले शवको पहिचानका लागि आफन्त तथा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गरिरहेको जनाएको छ। सनाखत भएका शव सम्बन्धित परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइनेछ।


