रचना रिमालले स्थ गित गरिन् अस्ट्रेलियाको तीज कार्यक्रम

एटुजेड समाचार

काठमाडौं – गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम स्थगित गरेकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको कारण उनले साे निर्णय गरेकी हुन् ।

अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुने तीज विशेष कार्यक्रमका लागि केही दिन पहिले अस्ट्रेलिया पुगेकी उनले नेपालमा आएको प्रकृति प्रकोपबाट दु:खी समेत रहेको बताएकी छन् ।देशमा बिपत परेको बेला आफूले तीज कार्यक्रम गरेर नाच्नु र नचाउनु राम्रो होइन भनेर उनले यस्तो निर्णय गरेकी छन् ।

उनले नेपालमा रहेका सबैलाई सुरक्षित रहन समेत अनुरोध गरेकी छन् । उनले अर्को सूचना नभएसम्मका लागि कार्यक्रम स्थगित गरेको जानकारी दिएकी हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु