रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ’ : गगन थापा

एटुजेड समाचार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन्।

बिहीवार काठमाडौँमा आयोजित दोलखाका लोकनायकहरु पुस्तक विमोचन कार्यक्रममा उनले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षका लागि सरकार चालउन जनताबाट म्याण्डेड लिएर आएकोले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताए।

पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरी आफूहरूले तयारी गरिरहेको पनि उनले जानकारी दिए। उनले विगतबाट पाठ सिकेर आफूलाई सच्याउँदै अघि लैजाने बताए।

उनले नयाँ राजनीतिक शक्तिहरुलाई पनि पुराना दलहरूले गरेको गल्ती र भोगेको संकट नदोहोर्‍याउन सुझाव दिए।

उनले संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे।

विगतमा कांग्रेस–एमालेले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उनको भनाई छ।

दुईतिहाइ बहुमत भए पनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उनले बताए।

लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण हुने उनको भनाई छ। सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने उनले बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु