चितवन – GenZ Chitwan ले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिल्लाका तीन प्रमुख पालिका—भरतपुर महानगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकामा चुनावी तयारी अघि बढाएको छ। GenZ ले मेयरदेखि वडा तहसम्म युवालाई नेतृत्वमा अघि सार्ने गरी सम्भावित उम्मेदवार पहिचान, संगठन विस्तार र स्थानीयस्तरमा जनसम्पर्क अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ।
युवाको सहभागिता, सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण तथा स्थानीय विकासका मुद्दालाई केन्द्रमा राख्दै निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने GenZ Chitwan को तयारी छ। आगामी दिनमा तीनै पालिकाका विभिन्न वडामा स्थानीय आवश्यकता र जनअपेक्षाका आधारमा उम्मेदवार तथा चुनावी रणनीति तय गरिने बताइएको छ।
GenZ Chitwan ले परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले युवाको नेतृत्व, जनताको प्रत्यक्ष सहभागिता र परिणाममुखी स्थानीय सरकार निर्माणलाई आफ्नो अभियानको मुख्य आधार बनाउने तयारी गरेको छ।


