बैतडीमा अचानक बिरामी परे मन्त्री लम्साल, हेलिकप्टरबाट धनगढी ल्याइयो

एटुजेड समाचार

काठमाडौं – सडक अनुगमनका लागि सुदूरपश्चिम पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि बैतडीबाट हेलिकप्टरमा धनगढी ल्याइएको छ।

आइतबार दार्चुलाबाट बैतडी पुगेका मन्त्री लम्साललाई बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धनगढी ल्याइएको हो। उनलाई उच्च ज्वरो रहेको र खोकी समेत रहेको बताइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मन्त्री लम्साल अनुगमनकै क्रममा दुई दिनअघि दार्चुला पुगेका थिए। तर बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या आएपछि उनको पूर्वनिर्धारित सडक अनुगमन कार्यक्रम प्रभावित भएको छ। उनलाई धनगढीबाट काठमाडौं लगिने बताइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु