अविरल वर्षाले मध्यपहाडी राजमार्ग अवरुद्ध, रुकुम पूर्व–बागलुङ सडक ठप्प

एटुजेड समाचार

रुकुम पूर्व  – अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वदेखि बागलुङ जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पूर्वको भूमे गाउँपालिका-४, धौलापहिरा नजिकै सडकमाथिबाट ठूलो पहिरो खसेपछि यातायात सेवा ठप्प भएको मध्यपहाडी आयोजना कार्यालयका इन्जिनियर नवीन खरालले जानकारी दिएका छन्।

सडक अवरुद्ध भएपछि सुरक्षाकर्मीहरूलाई तत्काल घटनास्थलतर्फ खटाइएको रुकुम पूर्वका प्रहरी प्रमुख तथा डिएसपी खुमानन्द पाण्डेले बताएका छन्। उनले अर्को सूचना जारी नभएसम्म यो मार्ग भएर यात्रा नगर्न सम्पूर्ण यात्रु तथा चालकहरूलाई विशेष अनुरोध गरेका छन्।

हाल रुकुम पूर्व र रुकुम पश्चिममा लगातार वर्षा भइरहेको छ, जसका कारण पहिरो पन्साउने कार्यमा समेत कठिनाइ हुन सक्ने देखिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु