१० वर्षको प्रेमपछि विवाह बन्धनमा बाँधिए रोनाल्डो र जोर्जिना

एटुजेड समाचार

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो समयदेखिकी जीवनसाथी जोर्जिना रोड्रिगेज आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छन्। करिब १० वर्ष लामो प्रेम सम्बन्धपछि यो चर्चित जोडीले पोर्चुगलमा एक निजी समारोहका औँठी साटेका हुन् ।

उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना विवाहको औँठी देखिने तस्बिर सेयर गर्दै वैवाहिक बन्धनमा बाँधिएको पुष्टि गरेका हुन्।

पोर्चुगलको कास्काइसमा आयोजित समारोहमा उनीहरुका पाँचै जना बालबालिका र परिवारका नजिकका सदस्यको मात्र उपस्थिति रहेको थियो। सन् २०१६ मा म्याड्रिडको एक स्टोरमा पहिलोपटक भेट भएका रोनाल्डो र जोर्जिनाले गत वर्ष अगस्टमा इन्गेजमेन्ट गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु