चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

एटुजेड समाचार

चितवन – चितवनको खैरहनी नगरपालिका–१, शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार दिउँसो करिब २:३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख २७२८ नम्बरको बसले पैदल हिँडिरहेका हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ३०/३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाइएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले चेकजाँच गर्दा उनलाई बिहान ३:१५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु