‘सुपर कमेडी लिग’को औपचारिक घोषणा, लिग प्रेसिडेन्ट राजेश हमाल

एटुजेड समाचार

काठमाडौँ – कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा गरिएको छ ।

ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने उक्त शो हास्यव्यंग्यमा आधारित रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस रियालिटी शोमा अभिनेता राजेश हमाल लिग प्रेसिडेन्टको भूमिकामा रहने जनाइएको छ ।

कलाकारहरू विल्सनविक्रम राई, लुनिभा तुलाधर, रवीन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहेको विज्ञप्तिमा उल्लेख छ । ‘कार्यक्रमका लागि पाँच सहरमा अडिसन गरिने भएको छ, यही २९ साउनमा दमक, ३१ साउनमा नारायणगढ, २ भदौमा नेपालगन्ज, ४ भदौमा पोखरा र ६ भदौमा काठमाडौंमा अडिसन सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

अडिसनबाट छनोट हुने ३२ जना प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिने र ८ जनाको उक्त समूहको नेतृत्व ४ जना क्याप्टेनले गर्ने बताइएको छन् । अडिसनमा सहभागी हुन नपाएका र नेपालबाहिर रहेका नेपालीभाषी इच्छुक प्रतिभाले डिजिटल अडिसनमार्फत आफ्नो भिडियो सामग्री पठाएर पनि सहभागी हुन सक्ने विज्ञप्तिमा उल्लेख छ । परम्परागत रूपमा कमेडियन खोज्नु मात्र नभई कमेडी एक्टमा प्रस्तुति गर्न सक्ने उत्कृष्ट एक्टरको खोजी गर्नु पनि यस कार्यक्रमको उद्देश्य रहेको आयोजकको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु