हिमपहिरोमा नेपाली आरोही पुरबहादुर ‘युक्ता’ गुरुङको निधन

एटुजेड समाचार

काठमाडौं – पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी अनुभवी नेपाली पर्वतारोही पुरबहादुर ‘युक्ता’ गुरुङको निधन भएको छ।एलाइट एक्स्पेडका सिनियर माउन्टेन गाइड रहेका गुरुङको शव जमिनमार्फत खटिएको उद्धार टोलीले फेला पारेको अल्पाइन क्लब अफ पाकिस्तानले पुष्टि गरेको छ।

गुरुङले हालसम्म १० पटक सगरमाथा आरोहण गरेका थिए भने २८ पटक आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। पर्वतारोहण क्षेत्रमा उनको अनुभव र योगदान उल्लेखनीय मानिन्छ। मृतक ४ मध्य उनिसंगै ओमनकी नधिरा अहमद अब्दुल्लाह अल हार्थीको पनि पहिचान खुलेको छ । भने अन्य २ जनाको सनाखत हुन बाँकी छ । ब्रोड पिक क्षेत्रमा हिमपहिरो गएपछि अन्य आरोहीहरूको खोज तथा उद्धार कार्य भने अझै जारी रहेको सम्बन्धित निकायले जनाएको छ। See less

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु