जापानी शिक्षकद्वारा निप्पोन एजुकेशनल सेन्टरमा विशेष ओरिएन्टेशन

एटुजेड समाचार

चितवन – चितवनको नारायणगढस्थित निप्पोन एजुकेशनल सेन्टरले जापान अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूका लागि विशेष ओरिएन्टेशन कार्यक्रम गरेको छ। कार्यक्रममा जापानको क्योटो SCG Japanese Language School का जापानी शिक्षक यायुही यामा मोतो विशेष अतिथि (गेस्ट टिचर) का रूपमा सहभागी भएकि थिईन्।

कार्यक्रममा निप्पोन एजुकेशनल सेन्टरका अध्यक्ष दीपक चन्द्र भट्टराई र निर्देशक आविष्कार रिजालले जापानी शिक्षकलाई खादा ओढाएर स्वागत गरेका थिए। सेन्टरको प्रधान कार्यालय नारायणगढको शहीदचोकमा आयोजित कार्यक्रममा जापान जान तयारी गरिरहेका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

एक दिनका लागि भए पनि जापानी शिक्षकबाट प्रत्यक्ष रूपमा अध्ययन गर्ने अवसर पाउँदा विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए। ओरिएन्टेशनका क्रममा जापानमा अध्ययन, बसोबास, रोजगारी तथा विद्यार्थी जीवनसँग सम्बन्धित आवश्यक जानकारी प्रदान गरिएको थियो।

जापानी शिक्षकले जापान पुगेपछि विद्यार्थीहरूले अध्ययन, बसाइ र रोजगारीको सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै जापानको नियम–कानुन, कलेजको नियमित उपस्थित, समय व्यवस्थापन, इमान्दारिता, लगनशीलता र अनुशासनलाई विशेष महत्व दिनुपर्ने बताइन्।

निप्पोन एजुकेशनल सेन्टरले समय–समयमा जापानबाट नै शिक्षकहरू ल्याएर विद्यार्थीलाई प्रत्यक्ष प्रशिक्षण तथा मार्गदर्शन प्रदान गर्दै आएको छ। यसले विद्यार्थीहरूलाई भाषा सिकाइसँगै जापानी समाज, संस्कृति र शैक्षिक वातावरणबारे व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने छ।

वि.सं. २०६७ (सन् २०१०) मा नारायणगढको शहीदचोकमा स्थापना भएको निप्पोन एजुकेशनल सेन्टरले जापान जान चाहने विद्यार्थीहरूलाई जापानी भाषा शिक्षण तथा आवश्यक शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। जापानी भाषाबाट नामाकरण गरिएको निप्पोनले स्थापनाकालदेखि नै जापानमा अध्ययन गर्ने सपना बोकेका सयौं विद्यार्थीलाई लक्ष्यसम्म पुग्न सहयोग गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु