काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हप्ताको दुई दिने बिदा (शनिबार र आइतबार) नहट्ने स्पष्ट पारेका छन्।
आज(शुक्रबार) सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा पत्रकारसँग भएको छलफलमा सरकारका प्रवक्तासमेत रहेका उनले यस्तो बताएका हुन्।
उनले यो दुईदिने बिदा लामो समयसम्म कायम रहने जानकारी दिए। ‘दुईदिने बिदा लङ टमसम्म जान्छ,यसले गर्दा अभिभावकहरुलाई केही समस्या भएको हुनसक्छ तर सरकारी क्षेत्रमा काम गर्ने अभिभावकहरूको बिदा हुने गरेकाले समस्या छैन, बैंक वित्तीय क्षेत्रमा पनि दुईदिने बिदा लागू भएको देखिन्छ।’
उनले निजी क्षेत्रमा काम गर्नेहरूको हकमा पनि यो बिदा लागू गर्छन् भन्ने विश्वास लिएको बताए।


