उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
बिहीबार न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।
यसअघि बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेको थियो।
बैंकिङ कसुर सम्बन्धी मुद्दामा दीपक भट्ट, शुलभ अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ। अदालतको आदेशसँगै अग्रवाल अब मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म पुर्पक्षका लागि थुनामा रहनेछन्।


