रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते

एटुजेड समाचार

काठमाडौं – नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन् । स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाईं गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएको हो ।

घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छन् । उनलाई करिब ७/८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । भट्टको काठमाण्डुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीले जनाएको छ । पहिरोले करिब ७ रोपनी खेत पुरै बगाएको नोमराजका छोरा रामशरणले बताए । ‘करिब ७ रोपनी खेत बगायो, खेत पुरै भीरजस्तो भएको छ’, उनले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु