४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसद्वारा रक्तदान कार्यक्रम आयोजना

एटुजेड समाचार

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २, चितवनको आयोजनामा ४४औँ बीपी स्मृति दिवसको अवसरमा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर यही श्रावण ५ गते भरतपुर अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।

रक्तदान कार्यक्रमका लागि भरतपुर अस्पतालले प्राविधिक सहयोग गर्नेछ। कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, सामाजिक अभियन्ता तथा सर्वसाधारण नागरिकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

रक्तदान जीवनदान भएकाले स्वस्थ नागरिकहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले हार्दिक अपिल गरेको छ। कार्यक्रम संयोजक एवं नेपाली कांग्रेस क्षेत्र नं २ का प्रवक्ता बिकास पौडेलका अनुसार अहिले गर्न लागीएको यो रक्तदान कार्यक्रम सोही स्थानमा लगातार तेश्रो पटक हो ।

कार्यक्रमले पछिल्लो समय अस्पतालहरूमा देखिएको रगतको बढ्दो माग र बिरामी तथा आवश्यकतामा रहेका नागरिकहरूलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको समेत पौडेलले बताए ।

बीपी कोइरालाले देखाउनुभएको लोकतान्त्रिक, समाजवादी तथा मानवीय आदर्शलाई स्मरण गर्दै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनाका साथ कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २, चितवनले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु