काठमाडौं – एसिसी महिला यू–१९ प्रिमियर कप अन्तर्गत आज नेपालले फाइनल प्रवेशका लागि यूएईसँग खेल्दैछ।
महिला यू–१९ एसिया कपमा स्थान बनाइसकेका नेपाल र युएईबीचको खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ।
दुवै देशले बुधबार सम्पन्न क्वार्टरफाइनल खेलमा जित हात पारी सेमिफाइनलमा भेट पक्का गरेका हुन्।
क्वार्टरफाइनलमा नेपालले जापानलाई ९ विकेटले सहज रुपमा पराजित गरेको थियो।
उता युएईले भने आयोजक मलेसियालाई २७ रनले हराउँदै नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो।
समूह चरणमा नेपाल समुह डी को विजेता र युएईले पनि समुह बी को विजेताको रुपमा क्वार्टरफाइनल पुगेका थिए।
यस खेलको विजेताले अहिले भइरहेको इन्डोनेसिया र थाइल्यान्डबीचको खेलमा विजेतासँग शनिबार खेल्नेछ।


