कञ्चनपुरमा श्रीमान्‌काे कुटपिटबाट श्रीमतीको मृत्यु

एटुजेड समाचार

कञ्चनपुर –  कञ्चनपुरमा श्रीमान्‌काे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घटनापछि श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।

कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको मृत्युपछि श्रीमान् रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु