काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन्।
२१ वर्षपछि पहिलो पटक भिड्न लागेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार भोलि बिहान १२:४५ बजे सुरु हुनेछ।
विश्व फुटबलकै ठूला स्टारहरू मैदानमा उत्रिने यस खेलमा दुवै टोलीका केही मुख्य खेलाडीको प्रदर्शन निर्णायक बन्ने अपेक्षा गरिएको छ।
इङ्गल्याण्डका मुख्य खेलाडीमा जुड बेलिङ्घमले (६ गोल, १ असिस्ट) गरेका छन्। रियल म्याड्रिडका यी युवा स्टार इङ्गल्याण्डलाई सेमिफाइनलसम्म पुर्याउन नायक साबित भएका छन्। उनले क्वाटरफाइनलमा नर्वे विरुद्ध २ र अन्तिम १६ मा मेक्सिको विरुद्ध २ गोल गरेका थिए। उनी सन् १९८६ मा डिएगो म्याराडोनापछि विश्वकपको लगातार दुई नकआउट खेलमा दुई-दुई गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
ह्यारी केनले ६ गोल र १ असिस्ट गरेका छन् । सन् २०१८ को गोल्डेन बुट विजेता केन यस पटक पनि विष्फोटक लयमा छन्। इङ्गल्याण्डका लागि सर्वाधिक विश्वकप गोलकर्ता बनिसकेका उनले क्रोएसिया, डीआर कङ्गो र मेक्सिको विरुद्ध महत्त्वपूर्ण गोल गरिसकेका छन्।
एन्थोनी गोर्डनले ३ असिस्ट गरेका छन् । विश्वकपको पूर्वसन्ध्यामा बार्सिलोना अनुबन्ध भएका गोर्डनले सुरुवाती खेलमा सोचेजस्तो प्रदर्शन गर्न नसके पनि नकआउट चरणमा भने उत्कृष्ट पुनरागमन गरेका छन्। उनले नर्वे विरुद्ध बेलिङ्घमलाई गोलको पास उपलब्ध गराएका थिए।
अर्जेन्टिनाका मुख्य खेलाडी लिओनेल मेसी हुन् उनले ८ गोल र २ असिस्ट गरेका छन् । अर्जेन्टिनी कप्तान तथा लेजेन्ड मेसी यस विश्वकपमा ८ गोलसहित गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्।
अल्जेरिया विरुद्ध ह्याट्रिक गर्दै प्रतियोगिताको सुरुवात गरेका मेसीले अस्ट्रिया, जोर्डन, केप भर्डे र इजिप्ट विरुद्ध पनि गोल गरेका छन्। उनले आफ्नो करियरमा यसअघि कहिल्यै इङ्गल्याण्डको सामना गरेका छैनन्। त्यसैले यो खेल उनका लागि महत्त्वपूर्ण पनि छ ।
लाउतारो मार्टिनेजले अहिलेसम्म २ गोल गर्दा १ असिस्ट गरेका छन् इन्टर मिलानका फरवार्ड मार्टिनेजले स्विट्जरल्याण्ड विरुद्धको खेलको अतिरिक्त समयमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए। उनी खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेर पनि विपक्षी रक्षापंक्तिलाई ध्वस्त पार्ने क्षमता राख्छन्।
पहिलो सेमिफाइनलबाट स्पेन फाइनल पुगिसकेकाले अब अर्जेन्टिना र इंग्ल्यान्डबीच एक टिम फाइनल पुग्नेछन् । त्यसैले यो सेमिफाइनल दुवै टिमका लागि गर या मरको बनेको छ ।


