शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने

एटुजेड समाचार

काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेले काठमाडौँमा सोमबार विभिन्न सञ्चार प्रतिष्ठान अगाडि गरिएका शङ्कास्पद पार्किङ अस्वाभाविक भएको बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् ।‘यो गलत हो भनेर पार्टीले भनिसकेको छ । छानबिन हुनुपर्छ पनि भनेका छौँ’, सभापति लामिछानेले भने,‘यो घटनालाई हेर्ने दृष्टिकोण प्रस्ट छ । तर यो प्रवृत्ति जे देखियो त्यो अस्वाभाविक भयो ।’

उनले रास्वपाकै नेता कार्यकर्ता उक्त कार्यमा सहभागी भए पनि कारबाही हुने बताए । सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा सुकुम्वासी समस्या लगायत अन्य विषयमा छलफल भएको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु