मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री

एटुजेड समाचार

बारा –  मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन्। यात्राको छैठौँ दिन नेपाल सरकारको तर्फबाट वार्ताका लागि गृहमन्त्री त्यहाँ पुगेका हुन्।

निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको पैदल यात्रीहरूले बताएका छन्। दोस्रो चरणको वार्ताको लागि सरकार र आन्दोलनरत दुवै आन्तरिक गृहकार्यमा जुटेका छन्। गृहमन्त्रीले उनीहरूका मागबारे प्रधानमन्त्रीसँग सल्लाह गर्ने बताएका छन्। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु