काठमाडौँ – आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको सोमबार अन्त्येष्टि गरिने भएको छ ।
सरकारसँग घटना अनुसन्धानका लागि स्वतन्त्र छानबिन समिति बनाउनेलगायत आइतबार ९ बुँदे सहमतिपछि नेपालीको अन्त्येष्टि भोलि गरिने भएको छ । मृतकका भतिज मनबहादुर नेपालीले गणेशको अन्तिम दाहसंस्कार भोलि पशुपति आर्यघाटमा गरिने बताए ।
बिहीबार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो । मुगुको सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भएका गणेश भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए ।


