कुटपिट गरी आफ्नै दाजुको हत्या गरेर शव नहरमा फालेको आरोपमा भाइ पक्राउ

एटुजेड समाचार

नेपालगञ्ज – बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–४ गोहुवाका २० वर्षीय विनोद चौधरीलाई आफ्ना २६ वर्षीय दाजु मनोज चौधरीको हत्या गरेको अभियोगमा सोमबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार आइतबार बेलुका विनोदले दाजु मनोजमाथि कुटपिट गरी हत्या गरेका थिए। घटनापछि शव नहरमा फालेर फरार भएका उनलाई कोहलपुर नगरपालिका–१५ चन्हवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा कुटपिटका कारण मनोजको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ।

मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ। पक्राउ परेका विनोदलाई म्याद थपका लागि जिल्ला अदालत बाँकेमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु