६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

एटुजेड समाचार

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।

आज (सोमबार) सूचना जारी गर्दै त्रिविले उक्त संरचना हटाउन सबै त्रिविका सम्पूर्ण विभागका प्रमुखहरूलाई निर्देशन दिएको हो।

सरकारले विश्वविद्यालयहरूमा दलीय विद्यार्थी संगठनलाई निषेध गरेको छ।

विश्वविद्यालय अनुदान आयोगको पत्र संख्या २०८२।०८३ च.नं. २००३ मिति २०८३।०३।१० को प्राप्त पत्रमा संलग्न शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र संख्या २०८२।०८३ च.नं.५८९ मिति २०८३।०३।०९ को पत्रको तपसिलमा उल्लिखित बुँदा नं. ख मा ‘शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिन भित्र विद्यालयरविश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन भित्र स्टुडेन्ट काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्नेू भन्ने उल्लेख भई आएकोले सोहीअनुसार गरी गराई यस निर्देशनालयमा यथाशीघ्र छिटो जानकारी गराउन हुन निर्देशानुसार अनुरोध गर्दछु’, सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु