प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

एटुजेड समाचार

काठमाडौं – श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहको चितवनबाट जवाफ फर्काएको भन्दै सदनबाट नै उत्तर दिनुपर्ने बताए ।

उनले भने,‘सदनमा विरोधक लागि विरोध गरेको होइन । प्रधानमन्त्रीले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भन्ने माग लामो समयदेखि राख्दै आएका थियौँ । त्यसको सुनवाइ अहिलेसम्म पनि भएन । के प्रधानमन्त्रीले दिनुभएका अभिव्यक्ति राष्ट्रहितमा थियो ? राष्ट्रको हितमा छ भने माग गर्दछु रेकर्डबाट नहटाइयोस्,’ तर यदी राष्ट्रघाती अभिव्यक्ति दिनुभएको हो भने हटाइयोस् । चितवनबाट उहाँको उत्तर चाहेको होइन् हामीले यो सदनबाट उत्तर खोजेका हौं ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु