रास्वपाको प्रथम महाधिवेशन १० गतेसम्म लम्बियो

एटुजेड समाचार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन १० गतेसम्म लम्बिएको छ ।

महाधिवेशन ७ गते आइतबारबाट सुरु भए पनि प्रतिनिधि विवादका कारण सोमबारका लागि तय गरिएको बन्दसत्र सञ्चालन हुन नसकेपछि कार्यतालिका प्रभावित भएको हो ।

आयोजकका अनुसार प्रतिनिधिहरूको नामावलीमा दोहोरो नाम परेपछि बन्दसत्र अघि बढ्न नसकेको हो । महाधिवेशन आयोजक समितिका प्रवक्ता मनिष झा ले महाधिवेशन अब १० गतेसम्म सञ्चालन हुने जानकारी दिएका छन् ।

उनका अनुसार प्रतिनिधि सूची सम्बन्धी विवाद समाधान नभएकाले कार्यक्रम केही दिन पछाडि सरेको हो । महाधिवेशनको बाँकी कार्यसूची विवाद टुंगिएपछि पुनः सुरु गरिने बताइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु