रास्वपाको बन्दसत्र स्थगित, भोलि मात्र शुरू हुने

एटुजेड समाचार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र अन्ततः भोलि मात्र शुरू हुने भएको छ । आज सुरू हुने भनिएको बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाई भएको कारण देखाउँदै स्थगित गरिएको छ ।

आज विहान साढे ८ बजेदेखि बन्दसत्र शुरू हुने तालिका भएपनि प्रतिनिधि विवादका कारण आज शुरू हुन नसकेको हो । रास्वपाकाे प्रथम राष्ट्रिय महाधिवेशन हिजाेदेखि भरतपुरमा जारी छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु