रास्वपा महाधिवेशनको बन्द सत्र अझै भएन सुरु

एटुजेड समाचार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत बन्द सत्रका कार्यक्रम अझै शुरु हुन सकेको छैन । बिहान साढे ८ बजेदेखि सुरू हुने भनिएको दोस्रो दिनको कार्यक्रम दिउँसो १ बजेर १५ मिनेट सम्म पनि सुरु हुन सकेको छैन ।

अहिले चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लाइनमा छन्। उनीहरू महाधिवेशन प्रतिनिधि परिचय पत्र देखाउँदै हलमा प्रवेश गरिरहेका छन्। महाधिवेशन प्रतिनिधिका लागि ठूलो संख्यमा दाबी विरोध परेको छ। त्यसमा रूजु गर्ने काम पनि भइरहेको छ। कतिपय संघीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिमा नपरेका कारण उनीहरूले पनि दाबी विरोधको फाराम भरेका छन्। त्यसमा अन्तिम टुंगो लगाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गरिनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु