चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

एटुजेड समाचार

चितवन — चितवनमा ट्रक र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति करिब १ः४० बजे भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको बा.प्र. ०६–००४ प ७२४८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० मा बसोबास गर्दै आएका १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए।

दुवैलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा आज बिहान करिब ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु