वित्तिय विष्लेषक निर्मल गौतम रास्वपाको खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै नेतृत्वका लागि उम्मेदवारको चर्चा र सरगर्मी ह्वात्तै बढेको छ।

कतिपय आकांक्षीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने कतिपयको सम्भावित पदलाई लिएर पार्टीभित्र र बाहिर विभिन्न अडकलबाजी भइरहेका छन्।

यसैबिच सामाजिक कामदेखि युवा राजनीतिमा क्रियाशील निर्मल गौतमले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन् । लामो समय बैँक तथा वृत्तिय क्षेत्रमा अनुभव बटुलीसकेका गौतमले खुल्ला तर्फबाट केन्द्रिय समितिको सदस्य पदमा उम्मेद्धवारी दिने तयारी गरेका छन् ।

गौतमले सार्वजनिक सेवा, सुशासन र जवाफदेहिताको पक्षमा, दक्षतामा आधारित राजनीति,वित्तिय स्वायत्तता र आर्थिक विकेन्द्रिकरणका सवालमा उल्लेख्य योगदान पु¥याउँदै आएका छन् ।

विभिन्न अभियान, नेतृत्व विकास तालिम, संवाद तथा अधिकारमुखी कार्यक्रममार्फत युवा नेतृत्वको विकास र लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा उनी सक्रिय छन् ।

नेपालमा अधिकारमा आधारित विकासको बहस सान्दर्भिक बन्दै गइरहेका बेला युवा राजनीतिज्ञ गौतमलाई रास्वपाभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ। २३ वर्षकै उमेरमा ठुलो जिम्मेवारीका साथ साविकको कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड, स्याङ्जामा लेखा परीक्षण विभागको विभागिय प्रमुख भई आफुलाई उमेरले होइन कामले अब्बल भएको प्रमाणित गरे ।

योसंगै क्रमशः धौलागीरी लघुवित्त वित्तिय संस्था लिमिटेड, बागलुङ र ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड, नवलपुरमा लेखा परीक्षण विभागको प्रमुख जिम्मेवारी तथा कम्पनि सचिवको भूमिका समेत कुशलता साथ सम्हालेको उनीसँग अनुभव छ ।

यसैबिच नेता गौतमले वित्तिय विष्लेषकका रुपमा २७ वटा सहकारीमा भएको ६० हजार बचतकर्ताको ११ अर्ब घोटालाको सफल छानबिन तथा पिडितको न्यायका लागि प्रतिवेदन समेत तयार गरी कानुनी कारवाहीका लागि समेत राय पेश गरेका छन् ।

एक सफल वित्तिय विष्लेषकका रुपमा गौतमले काम गर्ने क्रममा सहकारीले सृजना गरेको दुई अर्ब भन्दा बढी रकम करको दायरामा ल्याई कसुर आर्जित सम्पत्तिलाई सरकारको आयमा समेत बृद्धि गर्न उनले उल्लेखनिय भूमिका खेलेका छन् ।

यसैबिच आईतबार रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सम्पन्न भइसक्दा रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त भुवन केसीद्वारा जारी कार्यतालिका अनुसार यही असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारका लागि फारम वितरण सुरु गरिनेछ।

सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। रास्वपा केन्द्रीय समितिको नेतृत्व चयनका लागि असार ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

निर्वाचन प्रणाली अनुसार पहिलो चरणमा केन्द्रीय सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ भने पदाधिकारी चयनका लागि दोस्रो चरणमा मतदान प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु