मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ

काठमाडौं –  श्रम संस्कृति पार्टीका सांसदहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव ले प्रतिनिधिसभामा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसक्रममा उनीहरूले संसद्को वेल घेराउ गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।

सांसदहरूको विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले बैठकलाई निरन्तरता दिएका छन्। वेल घेराउ जारी रहे पनि सदनको कार्यसूचीअनुसार बैठक अगाडि बढाइएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु