काठमाडौं – बाजुरा जिल्लाको मार्तडी–कोल्टीस्थित बडिमालिका नगरपालिका–७ मा विद्यालयबाट घर फर्कने क्रममा एक विद्यार्थीलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
स्थानीय विद्यालयको कक्षा ६ मा अध्ययनरत दिलिप विकलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा गम्भीर घाइते भएका हुन् । घटनापछि ठक्कर दिने सवारी साधन तथा चालक फरार रहेको र हालसम्म उनीहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।


