काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ३ सय रुपैयाँले बढेर मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।


