काठमाडौँ : नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ।
भारतको गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा बुधबार भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको हो।
पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा नेपालले थप एक गोल खाएको हो।
नेपालका लागि खेलको २२औँ मिनेटमा गीता रानाले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्। बंगलालादेशका लागि ऋतु पोर्ण चक्मा र मिलाम सुगारोरिकाले गोल गरेपछि नेपाल २-१ ले पराजित भएको हो।
यो जितसँगै बंगलादेश फाइनल पुगेको छ।
यसअघि नेपाल समूह ‘ए’को पहिलो खेलमा भुटानलाई १-० र दोस्रो खेलमा श्रीलङ्कालाई २-० गोलले हराएर सेमिफाइनलमा पुगेको थियो ।


