चितवनमा १३ जना फरार प्रतिवादी पक्राउ

एटुजेड समाचार

भरतपुर – जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार चितवन जिल्ला अदालतको विभिन्न मिति र फैसला बमोजिम कैद तथा जरिवाना भई फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत कार्यालयहरूको संयुक्त टोलीले २०८३ जेठ २९ गते चितवनका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका ८ जना, लागू औषध मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका १ जना, बैंकिङ कसुर मुद्दाका १ जना तथा कुटपिट मुद्दाका १ जना रहेका छन्।

उनीहरूबाट कुल ३ दिन कैद र १६ लाख २८ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु