सुनको मूल्यमा भारि वृद्धि तोलामा २० हजार ५०० ले बढ्यो

काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु